
Loading...
|
![]() |
मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको एस्पी कुबरले बताए।
मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।
बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जनाएको छ । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।के कारण बस त्रिशुलीमा खस्यो भन्ने यकिन हुन सकेको छैन्न् ।

loading...
|
![]() |
Loading...