
Loading...
|
![]() |
त्रिशूली बस दुर्घटनाबारे उद्धार र उपचारका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यन्त दुखि भएको बताएका छन्।
ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडकखण्डको चन्डीभन्ज्याङ गाविसको कालीखोला स्थित त्रिशुली नदिमा खस्दा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १७ जनाको उद्धार गरि उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

loading...
|
![]() |
Loading...