Showing posts with label समाचार. Show all posts

मेलबर्न । अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।


 डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा धम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित किशोरीलाई विभिन्न बाहनामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए ।

chhoriघरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरियन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पीडित किशोरीका वकिलले किशोरीकै बेड रुममा बलात्कार गरेको आरोप लगाएका थिए ।अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो ।

 शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए । जब पीडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे अारोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए । श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए ।

 अदातलमा न्यायधीशले आरोपीलाई सोधेका थिएँ, ‘तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।’पीडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् । जचाउन पुग्दा उनी आश्चर्य चकित परिन् ।

छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् ।आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘ म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ ।’न्यायधीशले मानवको नाममा कंलक भएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् । नेपालीपत्रबाट

ज्योतिष शास्त्रका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ ।


के हो त मणिबन्ध रेखा ?

हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

कुन मणिबन्ध रेखाको अर्थ के ?

यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

१ मणिबन्ध रेखाः


यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।
उमेर

मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।
भाग्य
गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारि र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।
हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

मणिबन्धमा ३ रेखाः
भाग्य

यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् । यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।

उमेर


मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

मणिबन्धमा २ रेखाः
भाग्य

मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।

तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नु पर्छ ।

उमेरः

यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

bus acc 3
त्रिशूली बस दुर्घटनाबारे उद्धार र उपचारका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यन्त दुखि भएको बताएका छन्।

ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडकखण्डको  चन्डीभन्ज्याङ गाविसको कालीखोला स्थित त्रिशुली नदिमा खस्दा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १७ जनाको उद्धार गरि उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

मुग्लिन । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खसेको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदिमा खसेको हालसम्म १५ जनाको मृत्यु भएको उद्धार कार्य जारीरहेको चितुवानका एस्पी बसन्त कुबरले बताए ।

मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको एस्पी  कुबरले बताए।

मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।

बसमा कम्तिमा ४० यात्रु रहेको  प्रहरीले जनाएको छ । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।के कारण बस त्रिशुलीमा खस्यो भन्ने यकिन हुन सकेको छैन्न् ।

Powered by Blogger.